बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै बुधबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ। हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्