कस्तो रहला आज दिनभरको मौसम ?



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधवार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुँदा मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्