ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा पति-पत्नीको मृत्यु, छोरी गम्भीर घाइते



काठमाडौं । ललितपुरमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु भएको छ। उनीहरुकी छोरी गम्भीर भाइते भएकी छन्। ललितपुरको महाङ्काल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका–७ घर भइ महाङ्काल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरुकै छोरी ५ वर्षीय सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्