जनमतले सरकार छोड्यो , मन्त्री खानले राजीनामा बुझाए



काठमाडौं : जनमत पार्टीले सरकार छाडेको छ । मन्त्रिपरिषद विस्तारका क्रममा रोजेको मन्त्रालय नपाएपछि सरकार छोडेको हो । जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गरेको थियो । नवनियुक्त मन्त्रीको सपथको तयारी हुँदै गर्दा खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन।

पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि जनमतलाई उद्योग मन्त्री दिइने भनिएको थियो । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै खान केही दिनसम्म मन्त्रालयको कार्यभार सम्हाल्न गएका थिएनन् ।

पछि प्रधानमन्त्री दाहालसँगको छलफलपछि मात्र उनी मन्त्रालय गएका थिए । पछिल्लो पटक पनि दलहरूको छलफलमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने भनिए पनि खानेपानीमै राखिएपछि असन्तुष्ट बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्