राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा



काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठक बिहीबार सिंहदरबारमा सुरू भएको छ। बैठकमा पूर्वाधार विकास निर्माणमा देखिएका समस्या समाधानका विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री, प्रदेशका मुख्यमन्त्री, सचिवलगायत सहभागी छन्। छलफलमा विकास निर्माणमा देखापरेका समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्