सरकार ‘दिशाहीनता’ र अन्योलमा छ  : रघुजी पन्त



काठमाडौं । आज बसेका प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले अहिलेको प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा दिशाहीन बाटोमा रहेको बताएका छन् । उनले अहिलेको सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका बताएका हुन् ।

आज बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’

उनले सरकारले सार्वजनिक गरेका १०० दिनका कामहरूको ३७ बुँदा पढ्दा के पढेको भन्ने  नै नबुझेको व्यङ्ग समेत गरे । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन् ।  न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ,’ उनले भने । 

१०० दिन पूरा हुँदासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै उनले अहिलेसम्मको उपलब्धि सिद्धान्तहीन र नीतिहीन भएको बताए । उनले अहिलेको समयको को कति पटक मन्त्री वा प्रधानमन्त्री भयो भनेर देखाउने समय नभएको भन्दै काम गरेर देखाउन अनुरोध पनि  गरे । 

सरकारको गतिको विषयलाई लिएर सत्तारुढ दलहरूबाटै पनि सरकारको रचनात्मक आलोचना पनि भई रहेको छ । हिजो एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरको काम गराई र गति माथि प्रश्न उठाएका थिए । 

प्रतिक्रिया दिनुहोस्