कोशी प्रदेशको नामाकरणमा देखिएको विवादमा सरकारले सहजीकरण गर्ने



काठमाडौं । सरकारले कोशीको नामाकरणको विषयमा भएको आन्दोलन र विरोधको समाधान गर्न प्रदेशसँग सहजीकरण गर्ने भएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’ प्रदेशको नामाकरण गर्दा कोशीको नममा मतदान गरेको माओवादी केन्द्रले भने अहिले पहिचानको आधारमा नामाकरण हुनपर्ने बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्