धर्मेन्द्र बास्तोला र मोहन वैद्यको पार्टीबीच एकता



काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता भएको छ । आज काठमाडौंमा दुवै पार्टीका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जनाएका हुन् । 

आगामी मजदुर दिवसको दिन औपचारिक घोषणा हुने भएको छ । यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्