टीआरसीमा एमालेको फरक मत



काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई द्रुत बाटोबाट पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई उमालेले अस्वीकार गरेको छ।

शनिबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा एमालेले विधेयकलाइृ संसदीय समितिमा लगेर छलफल गरेपछि मात्र टुंगो लगाउनु पर्ने धारणा गरोका छन् ।

संसदमा दर्ता भएका विधेयकलाइृ सहमतिका आधारमा अघि वढाउन भन्दै सभामुख घिमिरेले प्मुख ३ दलका अध्इषलाइृ डाकेर छलफल गरेका थिए। छलफलमा प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी र गतिशील ढंगले चलाउने विषयमा ३ जना शीर्ष नेताबीच छलफल भएको थियो।

त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टीआरसी), संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउने विषयमा नेताहरूबीच कुराकानी भएको बताइएको छ। अन्य विषयमा नेताहरूबीच सहमति भए पनि टीआरसीको विषयमा भने मतभेद देखिएको थियो।

प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकलाई फास्ट ट्र्याकमा लैजान चाहे पनि एमालेले भने संसदीय समितिमा लैजानुपर्ने अडान लिएको छ। एमाले फास्ट ट्र्याकबाट भन्दा पनि संसद् र समितिमा बुँदागत छलफल गर्ने पक्षमा देखिन्छ।

प्रधानमन्त्री प्रचण्डले भने टीआरसी विधेयक छिटो टुंग्याउन जरुरी रहेको र यसका लागि सहमति आवश्यक रहेको बताएका छन्। यस विषयमा छलफल गर्न २८ चैतमा फेरि बैठक बस्दै छ।

प्रतिक्रिया दिनुहोस्