कांग्रेस दुई मन्त्रीसहित बागमती प्रदेश सरकारमा सहभागी हुँदै



काठमाडौं । केन्द्रको सत्ता समीकरण फेरीसँगै  प्रदेशको सत्ता समीकरण पनि हेरफेर भईरहेका छन । यसै क्रममा बागमती प्रदेश नेपाली कांग्रेस सहभागी हुने भएको छ ।बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने कार्यक्रम रहेको जनाइएको छ । बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हाल्ने कांग्रेसले जनाएको छ । 

माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले भने मन्त्रिपरिषद्मा नाम पठाएको छैन । बागमती प्रदेशमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ । 

प्रतिक्रिया दिनुहोस्