बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका  संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्त गरेका हुन् । बहादुरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्