अडियो प्रकरणमा रास्वपाले प्रतिनिधिसभामा माग्यो माफी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईँसँग रकम मागेको अडियो बाहिरिएपछि माफी मागेको छ । 

आज सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा चोट पुर्याएको भन्दै माफी मागेका हुन् । 

उनले भने , ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईँहरूको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौंसंसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण्ण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्