अदालतबाट नसकेपछि अडियो ल्याए : रवि लामिछाने



काठमाडौं । चितवन -२ मा उपनिर्वाचनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आफ्ना सांसद जोडियो अडियो अहिलेको समयमा आउनु शंकास्पद रहेको बताएका छन् । चुनावको प्रचार प्रसारमा रहेका सभापति रवि लामिछानेले चितवनको एक कार्यक्रममा उक्त अडियो अहिले निर्वाचनको समयमा किन ल्याएको भन्दै प्रश्न समेत गरेका छन् । 

हिजोमात्रै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग २ दुई करोड मागेको अडियो बाहिरिएको थियो ।

सभापति लामिछानेले अदालतबाट नसकेपछि  निर्वाचनका मुखमा यस्ता कुराहरू आएको भन्दै आफ्नो र आफ्ना सांसदहरूको पनि बचाउ गरे । यद्यपि उनले गल्ती गर्ने जोकोही भएपनि कारबाही हुने बताएका छन । कार्यक्रममा रवि लामिछाने पार्टीमा रहेका सबै व्यक्तिको चरित्रका बारेमा आफू जानकार भएको पनि बताएका छन् । 

अडियो बाहिरिएपछि भने सांसद ढाकाकुमार श्रेष्ठ उक्त अडियो आफ्नो नभएको बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले भने त्यो आवाज आफूहरूकै भएको दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्