सामाजिक सञ्जालको दुरुपयोग गरी श्लील क्याप्सन लेखी चरित्र हत्या गर्ने युवक पक्राउ



काठमाडौं । सामाजिक सञ्जाल चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका वडा नं ६ का कादिर मोमिन  पक्राउ परेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको वाल र टाइमलाइनमा अन्य महिला मानिसको शरीरको तस्बिरमा जोडी पोस्ट गरेका थिए । उनी महिलाको फेसबुक पोस्टमा अश्लील शब्दहरू लेखी पोस्ट गर्नुको साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्सन राखी पोस्ट गर्ने गरेका थिए । 

 मोमिनलाई चैत २४ मा झापाबाट पक्राउ गरिएको हो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्