चितवनको टाइगरल्याण्ड रिसोर्टका ३ वटा सेमिनार हलमा आगलागी 



 काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ ।  बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आगोले हलका फुसको छानो जलेर नष्ट भएका छन् । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल आएका थिए । इलाका प्रहरी कार्यालय गीतानगरको  टोली र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । 

प्रतिक्रिया दिनुहोस्