अदालतबाट क्लिनचिट पाउँछु ,उपचुनावमा हाम्रा उम्मेदवारलाई जिताइ दिनुहोला : ढाकाकुमार श्रेष्ठ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईँसँगको अडियो आफ्नो नभएको बताएका छन् । उनले उक्त अडियो आफ्नो नभएको बताउँदै आफूले अदालतबाट सफाइ पाउने बताएका छन् ।

उनले आज बुधबार पत्रकार सम्मेलन गरेरआफ्नो पार्टीलाई हराउनको लागी यो ल्याइएको बताएका छन् । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरे । उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको बताएका छन् । साथै उनले अडियो प्रकरणबाट पार्टीलाई परेको असरबारे माफी मागेका छन् ।  उनले आफू न्यायालय गएको र क्लिनचिट पाउने दाबी गरे  

 उनले भने ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो । उनले हुँदै गरेको उपचुनावमा आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्