अर्थमन्त्री प्रकाशशरण महत र विश्व बैङ्क दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबिच फोन वार्ता 



काठमाडौं । नेपालका अर्थमन्त्री  प्रकाशशरण महत र  विश्व बैङ्क दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबिच फोन वार्ता भएको छ ।  टेलिफोन वार्तामा  डेभलपमेन्ट रिभ्युको कार्यान्वयन र प्रभावकारिताका विषयमा कुराकानी भएको जनाइएको छ ।

टेलिफोन वार्तामा नेपालमा आगामी जुन महिनामा डेभलपमेनट रिभ्यु पुनरावलोकन हुने विषयमा पनि छलफल भएको छ ।

आज भएको वार्तामा नेपालमा विश्व बैङ्कको धरै लगानी रहेको र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।अर्थमन्त्री शरणले नेपालमा विश्व बैङ्कले विशेषगरी   पुर्वाधार कासमा लगानि गरोस् भनेर चाहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्