उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन्। वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईको समूहबाट उठेकी श्रेष्ठ ८४६ मत ल्याउँदै एसोसिएट उपाध्यक्ष चुनिएकी हुन्।

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका २ जना उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ समूहका साझा उम्मेदवार भरत आचार्यलाई पराजित गरिन्। उनका प्रतिस्पर्धी आचार्यले ७८१ मत ल्याएका छन्। एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता थिए।

एसोसिएट सदस्यतर्फ १९ जनाको नतिजा यसअघि नै आइसकेको छ। महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार मतदान भएको हो।

प्रतिक्रिया दिनुहोस्