सिंहदरबार अरु पालिकामा सार्नुहोस्, काठमाडौंबासीलाई कुनै आपत्ति छैन : बालेन साह



काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिका सार्न भनेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार र राजधानी काठमाडौंबाट सार्दा कुनै कुनै आपत्ति नहुने बताएका हुन्।

कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, सस्कृती , कला र सभ्यता चाहिने उनले बताए। ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ राजनीति हैन,’ मेयर शाहले भने। सरकारले काठमाडौं महानगरका माग सम्बोधन गरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन्।

यसअघि उनले गत शनिबार फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्