पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिँदै राजनीतिक प्रणालीमाथि उठाए प्रश्न



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिँदै अहिलेको नेपालको राजनीतिमाथि प्रश्न उठाएका छन् । उनले नव वर्ष २०८० सालको शुभकामना दिँदै नेपालमा रहेका राजनीतिक पार्टी र नेताहरूसँग इमानदारिता नभएको बताएका छन् ।

ज्ञानेन्द्र शाहले नेपालमा अहिले निश्चित वर्गले मात्रै आर्थिक ढुकुटीको प्रयोग गरिरहेका बताएका छन् । उनले सीमित व्यक्तिहरूले पुँजी चलाएका कारण देशमा अहिले विभिन्न किसिमका सङ्कट आइलागेका बताएका छन् । उनले अहिलेको नेपालको पीढी अहिलेको अवस्था र प्रणालीबाट असन्तुष्ट रहेको बताएका छन् ।
यस्तो छ उनले दिएको  सन्देश : 

प्रतिक्रिया दिनुहोस्