विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा



काठमाडौं । विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। वायु प्रदूषणको अन्तर्राष्ट्रिय मापन निकाय आईक्यू एयरका अनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।

थाइल्यान्डको चियाङ मेइ दोस्रो नम्बरमा र बंगलादेशको ढाका तेस्रो नम्बरमा रहेको छ। प्रदूषित १० सहरभित्र थाइल्यान्डकै बैंकक, भियतनामको हनोइ, चीनको वुहान र सांघाई, भारतको दिल्ली सहर छन् । यी सहरहरूमा वायु प्रदूषणको मात्रा १२० यूएस एक्यूआईभन्दा माथि छ। चैत र वैशाखमा बढी डढेलो लाग्ने भएकाले काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढेको वन तथा वातावरण विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्