परराष्ट्र सम्बन्धलाई बलियो बनाउँछु : नवनियुक्त परराष्ट्रमन्त्री साउद



काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आफुले परराष्ट्र सम्बन्धलाई बलियो बनाउने बताए । आइतबार शपथलगत्तै पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको कुरा आइरहेको छ । त्यसैको गृहकार्यको लागि तपाईंको मात्रै शपथ गराइएको भन्ने चर्चा भनेर प्रश्न गर्दा उनले , ‘त्यो पनि एउटा कारण हुन सक्छ । त्यसमा छलफल अगाडि बढाउँछौं । भर्खरै कार्यालयमा आएको छु । सचिवज्यूहरुसँग ब्रिफिङ लिन्छु । त्यसपछि मात्रै थाहा हुन्छ ।’प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाखभित्र भारत भ्रमणको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्