सुनसरीमा लघुवित्त पीडित र प्रहरीबिच झडप



सुनसरी । लघुवित्त संस्थाविरुद्ध आन्दोलन गरिरहेका लघुवित्त पीडित र प्रहरीबिच झडप भएको छ । आज आइतबार सुनसरीको इनरुवामा प्रहरी र पीडितहरूबिच झडप भएको हो ।

लघुवित्त पीडितहरूले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको जनाइएको छ । प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरूलाई लट्ठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो । सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका जनाइएको छ ।

आन्दोलनका कारण इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन । पीडितहरूले भने प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्