सुरक्षा निकायलाई राजनीतिक दबाबबाट मुक्त राख्छु : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक दबाबबाट मुक्त राख्ने बताएका छन् । मङ्गलवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राख्ने बताएका हुन् ।

सुरक्षानिकायमा उनले अवाञ्छित चलखेलबाट मुक्त  राखिने बताएका छन् । उनले भने , ‘सुरक्षा निकायमा काम गर्ने साथीहरूको मनोबल गिर्‍यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्‍यो भने मनोबल उठ्दैन , त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ ।’

उनले गृह प्रशासनमा बिचौलियाको भूमिकालाई शून्यमा झार्ने पनि बताएका छन् ।श्रेष्ठले गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको समेत बताए ।उनले भने, ‘ठूलाबडा, सम्पन्न धनीमानी, पहुँच भएका, शक्ति केन्द्रमा जान सक्नेको कुरा सुन्ने, उनीहरूले भेटघाट गर्न पाउने तर सर्वसाधारणले भेटघाट गर्न नै नपाउने एप्रोच नै चेन्ज गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्