रास्वपाप्रति प्रचण्डको व्यङ्ग्य ,खहरे खोला सुक्नेवाला छ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई  खहरे खोलाको संकेत गरेका छन् । प्रधामन्त्री प्रचण्डले आज तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘कहिलेकाहीँ खहरे खोला उर्लिएर आउँछ, डरलाग्दो गरी आउँछ । तर, त्यो सुक्नेवाला छ । नदी गम्भीर ढङ्गले महासागरतिर लम्किरहन्छ, यो कुरा नभुलौँ ।’

 प्रचण्डले तनहुँमा सबैलाई कुनै आँधी, हुरी र बताससँग नआत्ती सतिसाल झैँ खडा भएर शान्ति, संविधान र विकासको निम्ति उभिन आग्रह गरे ।उनले  एमाले सहितको सरकारमा आफूलाई चयन नभएको गुनासो पनि पोखे । उनले अहिले सङ्घदेखि प्रदेशसम्म गठबन्धनकै सरकार बन्ने अवस्था बनिसकेको बताए  ।

प्रतिक्रिया दिनुहोस्