आमाको मुख हेर्ने दिन सबैले सुन्न र हेर्नैपर्ने जे.बी.बिष्टको गीत



काठमाडौँ । वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने’ पर्व वैशाख ७ गते अर्थात् भोलि जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रूपमा समेत मनाउँछन् ।

सो दिन परदेशमा गएका छोराछोरीले आमाबाबुले गरेको त्याग र योगदानलाई कसैले कहिले पनि नभुलुन भन्ने सन्देश सहितको गायक जे. बि. बिष्टले गाएको ‘सबै कुरा भूल तिमी आमाबुवा कहिले नभूल’ बोलको गीत निकै लोकप्रिय छ । बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमूलक सो गीतको भिडियो बजारमा उपलब्ध छन् ।  गीतमा स्वयं गायक विष्टकै शब्द सङ्गीत रहेको छ भने सङ्गीत संयोजन किरण कडेँलको रहेको छ ।

देशविदेशका रमणीय ठाउँहरुमा छायाङ्कन भएको उक्त भिडियोलाई सिनेम्याटोग्राफर रूपक पौडेलले खिचेका र सम्पादन गरेका छन् भने कन्सेप्ट देदिप्य रिमालको रहेको छ । निर्देशक पुस्कर अधिकारीको निर्देशनमा बनेको उक्त भिडियोमा रुपा पौडेल, जयराम फुयाल, पार्वती पौडेल र रूपक पौडेलको बेजोड अभिनय देख्न सकिन्छ ।

भिडियो : https://www.youtube.com/watch?v=sU6XDhersqw

प्रतिक्रिया दिनुहोस्