उपनिर्वाचन बहिष्कार गरौँ भन्ने चार जना पक्राउ



काठमाडौँ । आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जना पक्राउ परेका छन्  प्रहरीले पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना जनालाई पक्राउ गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त रूपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् । उनीहरूलाई प्रहरीले दमौलीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्