कार्यबाहक राष्ट्रपति यादवद्वारा इदको शुभकामना



काठमाडौं । कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।  इदका अवसरमा शनिबार शुभकामना दिँदै उनले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकको रूपमा समेत रहेको जनाए।

इदलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशीयाली सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेको स्मरण गर्दै उनले विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूला बडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिँदै मिष्टान्न एवम् स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको जनाए। उनले यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवद्र्धन समेतमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सामाजिक, धार्मिक एवं सांस्कृतिक विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई मजबुत बनाउनेमा आफू विश्वस्त रहेको जनाउँदै उपराष्ट्रपति यादवले यस पर्वबाट राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्रदान मिलोस् भनी कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्