‘नेपाललाई विदेशी सैनिकको परेडस्थल बनाउने षडयन्त्र’



भक्तपुर: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले देशी–विदेशी तत्वहरु मिलेर नेपाललाई विदेशी सैनिकको परेडस्थल बनाउन खोजेको जिकिर गरेका छन् ।

भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता गुरुङले स्थिरता कायम गर्न नसके नेपाल विदेशी सैनिकहरुको क्रिडास्थल बन्ने दावी गरे । ‘नेपाली भूमिलाई कुनै न कुनै मुलुकका विरुद्ध प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ,’ उनले भने, ‘चीन विरुद्ध घेराबन्दी गर्ने हिसाबले नेपालको भूमि प्रयोग गरिरहेका छन् ।’

उनले नेपाली भूमिको दुरुपयोग गर्ने क्रम बढेकाले नेपालको राष्ट्रियता खतरामा परेको बताए । बिदेशी षडयन्त्रका विरुद्ध सबै कम्युनिस्ट शक्ति एकजुट हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्