तत्काल कुनै पार्टीसँग एकता हुँदैन : झलनाथ खनाल



जनकपुरधाम । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन्। अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको खनालको भनाइ छ।

यद्यपि वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको उनले बताए। जनकपुरधाम विमानस्थलमा आज बिहान पत्रकारसँगको कुराकानीमा उनले देशका विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताए।

उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए। नेता खनालले राष्ट्रियतामाथि संकट बढीरहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्