बारा–२ का ६५ मतदानस्थल अति संवेदनशील



काठमाडौँ । वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ मा ६५ वटा निर्वाचन स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । बारा –२ का ५ वटा पालिकामा ८२ वटा मतदानस्थल र १३७ वटा मतदान केन्द्र तोकिएको छ । भूगोल, पूर्वाधार, मतदाताको सङ्ख्यालाई मध्यनजर गर्दै मतदान स्थलको वर्गीकरण गरेको हो ।

बारा २ को उपनिर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी २ हजार ६ सुरक्षाकर्मी  खटाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यता निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गीकरण आधारमा सुरक्षा व्यवस्था परिचालन गरिएको छ ।

बारामा उपनिर्वाचनलाई लक्षित गरेर बिहीबार रातीदेखि भारतसँग जोडिएको सीमा नाका पूर्णपुरमा बन्द गरिएको छ । मतदानको दिन अति संवेदनशील स्थलमा १२ जना र सामान्य मतदानस्थलमा ८ जनाका दरले प्रहरी परिचालन गरिने भएको छ ।यसैगरी निर्वाचन क्षेत्रमा तीन जना प्रहरी नायव उपरीक्षक र १३ जना प्रहरी निरीक्षकको कमाण्डमा नियमित गस्ती हुने छ ।

प्रतिक्रिया दिनुहोस्