गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएनन् विश्वासको मत



काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी आज विश्वासको मत लिएकोमा विश्वासको मत पाउन सकेनन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्रै  मत  रह्याे ।

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाएका हुन् । नेकपा एमाले, मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली काँग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात् दीपक मनाङेले विपक्षमा मत दिएका हुन् ।नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्