चितवन २ मा रवि र रामप्रसादले भोट हाल्न नपाउने



काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।

यता रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न भने नपाउने भएका छन् । रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनिहरुले मतदान गर्न नपाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्