अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउँछ : रवि लामिछाने 



काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले आफूले अघिल्लो पटकको भन्दा राम्रो नतिजा ल्याउने बताएका छन् ।

चितवनका पत्रकारहरूसँग कुरा गर्दै  उनले अहिले अघिल्लो पटकको भन्दा  राम्रो ल्याउने बताएका हुन् । ‘मेरो हृदयले शुभ दिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रूपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साहजनक हुनेछ । अघिल्लो पटकको भन्दा पनि राम्रो हुन्छ भन्ने मैले अनुमान गरेको छु’ , उनले भने ।

साथै उनले आफ्ना कोही कार्यकर्ताहरू नभएको भन्दै मतदाताले विवेकपूर्ण ढङ्गले मतदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्