चितवनमा रवि लामिछानेका समर्थकले नाराबाजी गर्दा भोजाडमा केही बेर तनाव



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नं.११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा  तनाव भएको छ । उक्त ठाउँमा केहि वेरका लागि तनावको अवस्था भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन -२ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गरेपछि अवस्थामा तनाव भएको हो ।

लामिछाने मतदान स्थलमा आए लगत्तै उनका समर्थकहरूले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले लाठीचार्ज  गरेर नियन्त्रण्मा लिएको हो । त्यस क्रममा भागाभाग भएको थियो । तनाव थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्