सेयर बजार पुनः १९०० विन्दुभन्दा तल झर्यो



काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्से आज ओरालो लागेको छ । नेप्से आज ओरालो लागेसँगै १८७१.३३ विन्दुमा पुगेको छ ।साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८.८० अं ओरालो लागेको हो । आज सेन्सेटिभ इण्डेक्स ४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले ओरालो लागेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९८ करोडको शेयर कारोबार भएको बजारमा आज २६५ स्टकको ३१ हजार ४१५ पटकको कारोबारमा ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको २७ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दिन सनराइज ब्लुचिप फण्ड, आदर्श लघुवित्त र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज सनराइज फोकस्ड इक्विटी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज मोलुङ्ग हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। आज सो कम्पनीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब ३ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्