अन्त्य भयो गण्डकी प्रदेशकाे चालु अधिवेशन



काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाको चालू अधिवेशन शनिवार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन वैशाख ९ गते राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले यसबारेमा एक विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्