पछिल्लो २४ घण्टमा १३६ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा सङ्क्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३९० पुगेको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्