सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने मन्त्रिपरिषद् निर्णय



काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भौतिक मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
त्यस्तै आज बसेको बैठकले काठमाडौँ–तराई मधेस फास्ट ट्याकअन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुङ्ग्याउने निर्णय पनि गरेको छ ।
त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्