अर्थमन्त्री उपस्थित नभएपछि राष्ट्रिय सभा बैठक अवरोध



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध जनाएको छ । सत्तापक्षले नै दर्ता गराएको र आफू समर्थक मात्र रहेको जरूरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि एमालेका सांसदहरूले निरोध जनाउँदै बैठकमा उभिएका हुन् ।

एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको छ। एमाले सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारका अन्य मन्त्री उपस्थित भएको र अर्थ मन्त्रालयका कर्मचारीको टिपोटका आधारमा अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरूले आफूले जनाएको विरोधलाई यथावत् राखे

एमालेका सांसदहरूले देशको आर्थिक अवस्थामाथि खेलाचि भएको भन्दै विरोध जनाएका हुन् । अध्यक्ष तिमिल्सिनाले मन्त्रीले ढिला आउनुपर्ने बाध्यता भएको जानकारी गराएका थिए ।

राष्ट्रिय सभामा मदनकुमारी शाह प्रस्तावक रहेको सुदृढ अर्थतन्त्र निर्माणका लागि नीति निर्माणसम्बन्धी प्रस्ताव माथि छलफल राखिएको थियो। अर्थमन्त्री प्रकाशशरण महत उपस्थित भएपछि राष्ट्रिय सभाको बैठक फेरी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्