राष्ट्रपतिको  पौडेलको उपचारका विषयमा अनावश्यक टिप्पणी भएकाेमा राष्ट्रपति सचिवालयको आपत्ति 



काठमाडौँ । फोक्सोमा समस्या आएपछि उपचारको लागि भारत गएका राष्ट्रपतिको रामचन्द्र पौडेको स्वाथ्यमा सुधार आएको छ । राष्ट्रपतिको स्वास्थ्य बिस्तारै सुधार हुँदै गएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको सचिवालयले आज एक प्रेस विज्ञप्ति मार्फत राष्ट्रपतिको स्वास्थ्य सुधार भएको  बताएको हो । राष्ट्रपति रामचन्द्र पाैडेलकाे भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्युटमा अफ मेकिकल साइन्सेस (एम्स) मा उपचार भइरहेको छ ।

राष्ट्रपतिको सचिवालयले राष्ट्रपतिको उपचारको विषयमा उठेका  विभिन्न प्रश्नहरूप्रति ध्यानाकर्षण भएको बताएका छन् । सचिवालयले राष्ट्रपतिको नेपालमै उपचार गर्ने इच्छा भएको तर  राष्ट्रपति प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको सल्लाह उपचारका लागि भारत गएको जनाएको छ । राष्ट्रपतिको कार्यालयले पौडेलको उपचार नेपाल सरकारको निर्णय र कानुन बमोजिम भइरहेका बताउँदै राष्ट्रपतिको स्वास्थ्य उपचारलाई लिएर भ्रामक  सुचना र समाचार सम्प्रेषण  भएको भन्दै आपत्ति जनाएको छ ।  राष्ट्रपतिको सचिवालयले राष्ट्रपति उपचारका क्रममा भत्ता पाउने भन्ने लगायतका समाचार सम्प्रेषण गरी भ्रम फैलाउन खेजिएको बताएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्