गभर्नरले मौद्रिक नीति खुकुलो पार्दै 



काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता  अहिलेको समस्या भएको बताएका छन् । अर्थतन्त्रका समस्या समाधानका लागि राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो पार्दै लैजानुपर्ने महतले बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोसी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले  यो अवस्था आउनुमा निजि क्षेत्र जानकार रहेको बताएका छन् । उनले राष्ट्र बैकको कसिलो नीतिका कारण अहिलेको अवस्था आएको बताएका छन् ।

उनले भने , ‘मौद्रिक कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो । मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्ने जरुरी छ । यो कुरा मैले राष्ट्र बैङ्कको नेतृत्व ९गभर्नर०लाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’

उनले अहिलेको नेपाली आर्थिक बजारको समस्याको रूपमा उच्च ब्याजदर पनि एक भएको बताएका छन् ।  उनले भने , ‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पुँजीगत खर्चको प्रतिशत न्यून ३० प्रतिशत मात्रै भएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ । हाम्रो ठेक्का प्रक्रियामा समस्या छ, साइट क्लियरेन्सका कुरा छ, समस्या समाधानका लागि निर्णय नहुँदा उत्पन्न हुने समस्या छ ।’

प्रतिक्रिया दिनुहोस्