पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। १९२५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६२७ र एन्टिजेन विधिबाट १२९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा योसँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । यति बेला ५३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ८ जनाकाे आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्