रोल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, अन्य ८जना घाइते



काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको  ज्यान  गएको छ । घटनामा परी अन्य ८ जना घाइते भएका छन्  । दाङको  तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका-६राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका९२ हेमुनखोलामा आज बेलुकी करिब ६ बजे गाडी दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरलेका अनुसार दुर्घटनामा स्थानीय १५ वर्षका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको हो ।  घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको  जनाइएको छ ।  मध्य घाइते ४ जनालाई उद्धार गरी दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ भने चालकसहित बाकी ४ जनाको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

गाडी सडकबाट करिब २ सय फिट तल खसेको  जनाइएको छ । गाडीमा ९ जना सवार थिए । गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्