रास्वपाद्वारा ३६ विभाग गठन (सूचीसहित)



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरू गठन गरेको छ । रास्वपाको आज (सोमबार)बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई अद्यावधिक गर्ने निर्णय गरेको हाे ।

रास्वपाले  गठन गरेका विभागहरूमा, नीति तथा विभाग विभागको प्रमुखमा डा.मुकुल ,प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल ,सङ्गठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल ,मानवीय विकास प्रवर्द्धन विभागको प्रमुखमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभाग रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संशोधन विभाग खुस्बुसरकार श्रेष्ठ, जनसम्पर्क विभाग दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, आर्थिक व्यवस्थापन विभाग निमा अधिकारी, गुनासो व्यवस्थापन विभाग डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभाग अरनिको पाडे र तथ्यांक अनुसन्धान विभाग  मनिषाझा चयन भएका छन् ।

1

2

प्रतिक्रिया दिनुहोस्