पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ १९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८३ पुगेको छ भने संस्थागत आइसोलेसनमा ३२, आइसियुमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्