यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मा खुम्चिने राष्ट्रिय तथ्यांकको अनुमान



काठमाडौँ । आर्थीक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर खुम्चने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वेद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको हो ।

मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । यता सरकारले भने चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान छ । आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम रहेको छ ।यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।

कोभिड-१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ५.३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्