दार्चुला हिम पहिरोमा यार्सा टिप्न गएका कम्तीमा ८ जना पुरिएको आशङ्का



काठमाडौँ । दार्चुलामा मङ्गलवार हिम पहिरो गएको छ।  मङ्गलवार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिम पहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशङ्का रहेको छ । यार्सागुम्बा खोज्न हिँडेका ८र९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिम पहिरो गएको जनाइएको छ । हिम पहिरोमा पुरिएका हरूको खोजीकार्य भइरहेको छ ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नजिकैको चौकीबाट असईको कमान्डमा टोली खटिएको छ। पहिरोमा परि बेपत्तो भएकाहरूको भने पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्