पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७१८ जनाको नमुनामध्ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या २५२ पुगेको छ भने संस्थागत आइसोलेसनमा २५ जना, आइसियुमा ११ जना छन् भने भेन्टिलेटरमा कुनै पनि बिरामी नभएको छ ।

प्रतिक्रिया दिनुहोस्