बझाङमा हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता



काठमाडौँ । बझाङमा यार्सागुम्बा टिप्न गएकी एक महिलाको हिमपहिरोमा पुरिएर बेपत्ता भएकी छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार  सुर्मा गाउँपालिका-१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन् ।  प्रहरीको टोली उनको खोजीकार्यको लागि त्यसतर्फ गइरहेको छ ।  आजै गएको हिमपहिरोमा परि दार्चुलाको व्यास गाउँपालिकाका एक जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्